चन्द्रपुरमा युनिक टर्न कन्सल्टेन्सीको सेवा शुरु

वैशाख २१, रौतहट । अष्ट्रेलिया जान चाहनेहरुका लागि परामर्श दिने उद्देश्यले चन्द्रपुर- ४ मा युनिक टर्न एजुकेशन एण्ड माइग्रेसन कन्सल्टेन्सी प्रा.लि. सञ्चालनमा आएको छ ।  रौतहटसहित यस क्षेत्रका विद्यार्थीले अष्ट्रेलिया जान उचित परामर्श लिन राजधानी तथा अन्य शहर जानु पर्ने बाध्यता रहेको थियो । तर चन्द्रपुर - ४ स्थित चन्द्रनिगाहपुर चौकमा मंगलवारबाट युनिक टर्न कन्सल्टेन्सी सञ्चालनमा आएपछि यस क्षेत्रका विद्यार्थी तथा अभिभावक खुसी भएका छन् ।  अष्ट्रेलियाका लागि गरिने सबै किसिमको काम यहीबाट उपलब्ध हुने हुँदा समय बचत हुनुका साथै आर्थिक रुपमा समेत फाइदा पुग्ने अभिभावकहरुको भनाइ छ । रौतहटमा पहिलो पटक कन्सल्टेन्सी खोलेर यस क्षेत्रका विद्यार्थीहरुलाई सहज, सहुलियत रुपमा परामर्श दिनुका साथै अष्ट्रेलिया पुगेर आइपर्ने समस्यामा समेत साथमा रहने प्रबन्धक रेखा गुप्ताले बताइन् ।  अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अन्य देशमा भन्दा उत्कृष्ट शिक्षा उपलब्ध गराउन सकिने भएकोले पनि विद्यार्थीहरुको रोजाइमा परेको उनको भनाइ छ । विद्यार्थीहरुलाई दिने सेवा सुविधा राजधानीबाट लिने सेवा सुविधाभन्दा सस्तो हुने भएकोले पनि यस कन्सल्टेन्सी प्रतिविद्यार्थीहरुको आकर्षण बढ्ने उनको अपेक्षा छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर) ले रिवन काटेर कन्सल्टेन्सीको उद्घाटन गरेका हुन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, बैंकका शाखा प्रबन्धकलगायतको सहभागिता थियो ।