गोरखापत्रका पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको पुस्तक ‘राणाकालीन शिक्षा’ वुधबार सार्वजनिक गरिएको छ ।
५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा वुधबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा र केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।