असार २३ गतेदेखि आरविवि म्युचुअल फन्ड-१ को १० करोड इकाई विक्रीमा आउने

असार १४, काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले असार २३ गतेदेखि आरविवि म्युचुअल फन्डको इकाई विक्री खुला गर्ने भएको छ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई विक्री गर्न लागेको हो ।  जसमध्ये १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाईको १३५ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र २५ इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । छिटोमा असार २७ र ढिलोमा साउन ६ गतेसम्म विक्रीमा रहने यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड लाख कित्तासम्म आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । साथै, आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।  आरविवि मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । यो योजना सञ्चालनका लागि क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट असार १० गते स्वीकृति पाएको थियो ।

सम्बन्धित सामग्री

हिमालयन ८०–२० म्युचुअल फण्डको इकाई सूचीकृत

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन क्यापिटलले निष्कासन गरेको हिमालयन ८०–२० नामक सामूहिक लगानी कोष योजनाको इकाई सूचीकृत भएको छ । फण्डको १० करोड इकाई नेप्सेमा सूचीकृत भएको हो । अब फण्डको इकाई बिहीवारबाट कारोबार गर्न सकिने छ ।  क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्डअन्तर्गत संचालन हुने गरी हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्कासन गरेको थियो । यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्कासन गरेको हो । यस 'हिमालयन ८०–२०' नामक योजनाको कुल लगानीमध्ये ८० प्रतिशत पूँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पूँजी तथा वित्त बजारको उतारचढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानीकर्ताहरूलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

हिमालयन बैंकको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा

काठमाडौं– हिमालय बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्ने भएको छ । बैंकले बिहीबारदेखि प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक हिमालयन […]

एनएमबि क्यापिटलको इकाईको म्युचुअल फन्डमा भदौ ९ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं, १ भदौ । एनएमबि क्यापिटलले बिक्री खुला गरेको इकाईको म्युचुअल फन्ड योजनामा आवेदन दिने समय थप गरिएको छ । १२ करोड इकाई विक्रि खुल्ला गरेकोमा तोकिएको समयमा सबै इकाई बिक्री नभएपछि समय थप गर्दै भदौ ९ गतेसम्म पुर्याइएको हो । क्यापिटलले साउन २६ गतेदेखि १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको […]

‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रवर्धन गरेको मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्धक मेगा बैंकको लागि सुरक्षित राखी बाँकी न्यूनतम साढे ८ करोड इकाइ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।१ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिद

‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा २.३७ गुणा बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । यस योजनाको प्रति इकाई १० का दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवर्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको थियो । बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै मागभन्दा बढि आवेदन प्राप्त भई चौथो

आरबीबी म्युचुअल फण्ड १ को आवेदन बन्द

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड एकको इकाइहरु सार्वजनिक निष्काशन बन्द भएको छ ।प्रतिइकाई १० रूपैयाँका दरको १० करोड इकाईमध्ये बिज पँुजीबापत १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा १५ प्रतिशत इकाई सुरक्षित राखेर बाँकी न्यूनतम ८ […]

आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन

राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । गत असार २३ गतेदेखि खुलेको बैंकको प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बराबरको म्युचुअल फण्डमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।कुल १० करोड इकाई बराबरको म्युचुअल फण्ड मध्ये बैंकले बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि ग

आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो। आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असार २३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याइएको हो। उक्त फण्डमा न्...

आरबिबि म्युचुअल फण्डको भोलिदेखि १० करोड इकाई विक्री खुला

असार २२, काठमाडौं । आरबिबि म्युचुअल फण्ड १ ले बुधवारदेखि १० करोड इकाई विक्री खुला गर्ने भएको छ ।  आरबिबि मर्चैण्ट बैकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी  आरबिबि म्युचुअल फण्ड १ ले उक्त इकाई विक्री गर्न लागेको हो । फण्डले प्रतिइकाई रू. १०  अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।  निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक राष्ट्रिय बाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरबिबि मर्चेण्ट बैकिङग लिमिटेडलाई सुरक्षित गरी बााँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गर्न लागिएका हो ।  उक्त फण्डमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाइने छ । आवेदकले यस इकाईमा असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा साउन ६ गतेसम्म आवेदनका लागि म्याद थप हुनेछ ।  सात वर्षे अवधिको उक्त फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपबाट आवेदन दिन सकिने छ । यो एक बन्दमुखी योजना हो ।

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै, कस्तो देखिएला लगानीकर्ताको आकर्षण ?

काठमाडौं । सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन लागेको हो । शुक्रबारदेखि खुला हुने उक्त आईपीओको आवेदन  मङ्गलबार बन्द हुनेछ ।प्रति इकाई १० रुपैयाँ मूल्य रहेको उक्त आईपीओका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम १ करोड कित्तासम्मको लागि आवेद