प्रतिवेदनले अदालतमा हुने विसंगति, विकृति, बिचौलिया र भ्रष्टाचारमा समितिले सुधार गर्न जोड दिएको छ। विशेषगरी बिचौलिया नियन्त्रण गर्न अनुसन्धान गर्ने स्वतन्त्र संयन्त्र हुनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।...
काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कर्मचारी सरुवा र नियुक्तिमा मनपरी गरेको पाइएको छ । नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कर्मचारी नियुक्ति र सरुवामा मनपरी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफ्नो सरुवापछि पनि नगरपालिकामा कर्मचारी सरुवाको निर्णय गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते […]
१३ साउन, काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको बेथिति दिनप्रदिन बढ्दै गएको छ । लेखा परीक्षण नगराउने, साधारण सभा नबोलाउने, कर्मचारी नियुक्तिमा मनपरी गर्नेलगायतका अपारदर्शी कामहरु पछिल्ला दिनमा झन् बढ्दै गएका …
पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।
कामचलाउ सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराले स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन्।पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई सरुवा गरेर ऐनको भावनाविपरीत फरक सेवा समूहका डा. तारा पौडेललाई महानिर्देशक बनाउने स्वास्थ्यमन्त्री बोहोराको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । तर बोहोराले महानिर्देशक, स्वास्थ्य बिमा बोर्ड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र निर्देशकहरुको नियुक्तिमा समेत यस्तै मनपरी गरेका छन्।