शान्ति शिक्षा अभियानको भवन शिलान्यास

शान्ति शिक्षा अभियान नेपाल नामक संस्थाको भवन सोमबार ललितपुरमा एक समारोहबीच शिलान्यास गरिएको छ।...

सम्बन्धित सामग्री

शिक्षा विकास निर्देशनालयको भवन शिलान्यास

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयको भवनको शिलान्यास गरिएको छ ।

नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्छः प्रचण्ड

महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्ने बताएका छन्। सोमवार महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको भवन शिलान्यास सामारोहलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

नेपालकाे शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमकाे हुनुपर्छ : प्रचण्ड

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमकाे हुनुपर्ने बताउनुभएकाे छ ।  आज सोमवार महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको भवन शिलान्यास सामारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षालाई सीपसँग जोडेर नेपाली शिक्षालाई विश्वस्तरमा पुर्‍याउनुपर्ने आवश्यक रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रो शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्छ । नेपालमा पनि सीप र आर्थिक विकासको पाटोसहितको शिक्षा हासिल गर्ने शिक्षालयको ...

शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय भवन शिलान्यास

ललितपुर- शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवनको शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले सोमबार भवनको शिलान्यास गरेका हुन् । महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो । भवन तीन आनामा मात्रै हुनेछ ।  भवन […]

त्रिवि केन्द्रीय पुस्तकालयको भवन शिलान्यास

२ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको तीन तल्ले भवन बन्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा बन्ने पुस्तकालय भवन निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबीआरआई)ले प्राविधिक सहयोग […]

छत्तीस करोडमा पुस्तकालय बन्दै

सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्चशिक्षा सुधार केन्द्रका रूपमा विकास गर्नेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्चशिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो । मङ्गलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री पौडेलले भन्न्ुभयो, “सरकारले उच्चशिक्षालाई आमूल रूपमा सुधार गर्ने सङ्कल्प गरेको छ, उच्चशिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बेला भएको छ । ”

एउटै भवनको शिलान्यास दुई स्थानबाट

काठमाडौं, (नेस) । तेह्रथुमको आठराइ गाउँपालिका–४ मा प्राविधिक शिक्षालयको नयाँ भवन शिलान्यास काठमाडौं तथा आठराइ दुवै स्थानबाट भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास काठमाडौंदेखि भच्र्युअल माध्यमबाट गर्र्नुभयो भने उक्त कार्यक्रमा भौतिक रूपमा उपस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाले प्रत्यक्ष रूपमा […]

लमजुङमा राइनास बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास

लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा राइनास बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत रहेको राइनास बहुप्राविधिक शिक्षालयको ३२ कोठे शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको हो ।राइनास बहुप्राविधिक शिक्षालयमा तीन वर्षीय प्रमाणपत्र तहको वन विज्ञान र आईएस्सी एजी (बाली विज्ञान) को पढाइ हुन्छ । सीटीईभीटी अन्तर्गतको शिक्षालयले कम शुल्कमा विद्यार्थी पढाउँदै आएको शिक्षालय प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताए । यसका लागि शिक्षालयले विद्यार्थ

सहयोगी महाविद्यालयः बुहारीलाई निःशुल्क शिक्षा

नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो । गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको रु २० लाख र सांसद पूर्वाधार कोषबाट प्राप्त रु ५० लाख गरी रु ७० लाखको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । दुईतले आठकोठे भवन निर्माण गर्न रु १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आवमा पनि नगरपालिकाले रु ४० लाख बजेट विनियोजन गरेको छ । विसं २०६० मा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् ।

डाक्टरलाई प्रधानमन्त्री ओलीको कटाक्ष : दायाँ र बायाँ घुँडा चिनिएन भने के हुन्छ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा र सेवाको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै डाक्टरलाई कटाक्ष गरेका छन्। शुक्रबार वीर अस्पतालको नयाँ भवन शिलान्यास गर्न पुगेका...