सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्चशिक्षा सुधार केन्द्रका रूपमा विकास गर्नेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्चशिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो । मङ्गलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री पौडेलले भन्न्ुभयो, “सरकारले उच्चशिक्षालाई आमूल रूपमा सुधार गर्ने सङ्कल्प गरेको छ, उच्चशिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बेला भएको छ । ”