कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ ।
बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताउनुभयो । 'घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्', उहाँले भन्नुभयो, 'घरभरी माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो ।'
शुक्रवार राति वनहरा नदीमा आएको बाढीले आफूहरुको बिचल्ली भएको उहाँको गुन...