काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचरण उल्लंघनका घटनाहरूले संगठनलाई ध्वस्त बनाउने बताएका छन्। आचारण उल्लंघनका विषय केवल व्यक्तिको कमजोरीका रुपमा नबुझ्न उनले बताए। जंगी अड्डामा आयोजित 'तेस्रो सैनिक आचार संहिता सप्ताह–२०७८' समापन कार्यक्रममा बोल्दै उनले भने, यस्ता क्रियाकलापले राष्ट्रिय सुरक्षालाई कमजोर बनाउनेछ। छद्मभेषी तत्त्वहरूको स्वार्थले हुने आचरण उल्लंघनका घटना रोक्न सवै सचेत हुनुपर्ने उनले बताए।