काठमाडौं : भारतले आज आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाउँदै छ। यसअवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा झन्डा फहराएर राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले अगस्ट १४ लाई ‘विभाजन–विभिषिका स्मृती दिवस’का रुपमा मनाउने घोषणा गरे। यहाँ हालैमात्र ओलम्पिक खेल जितेर फर्किएका भारतीय खेलाडीहरूलाई सम्मान पनि गरिनेछ। कोरोना महामारीका कारण सिमित मानिसको उपस्थितमा स्वतन्त्रता दिवस मनाउन थालिएको हो।यस अवसमा भारतीय वायु सेनाले हेलिकोप्टरबाट पुष्पवर्षा गराएको थियो।