निषेधित क्षेत्रमा उडान भरेपछि हेलिकप्टर नियन्त्रणमा

संखुवासभा : भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकप्टर उडान गरेपछि नियन्त्रणमा लिइएको छ। अनुमतिबिना निषेधित क्षेत्रमा अल्टिच्युड एयरले उडान गरेपछि हेलिकप्टरलाई मंगलबार बिहान १० बजे नियन्त्रण लिइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए। प्रजिअ यादवका अनुसार गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी अल्टिच्युड एयरको ९ एन हेलिकोप्टर सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।भोटखोला गाउँपालिकाको जेनेरेटर बोक

सम्बन्धित सामग्री

उत्तरी गोरखामा गाउँलेले रोके हेलिकप्टर उडान

९ असोज, गोरखा । निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले उत्तरी गोरखामा हेलिकप्टर उडानमा रोक लगाएका छन् । बुधबार सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरुले हेलिकप्टर ल्याण्ड गर्न दिएका छैनन् । विरोधस्वरुप …

सांसद बजगाईँ विरामी उद्धारका लागि हेलिकप्टर लिएर गोरखा पुगे

काठमाडौं, ३० असोज । मदिराको नसामा झ्याप भएर अन्तर्वार्ता दिएपछि भाइरल बनेका सांसद राजेन्द्र बजगाईं बिरामी लिन हेलिकप्टर लिएर गोरखा पुगेका छन् । बिरामी उद्धार प्रक्रियामा बिहान ८ बजेदेखिनै तल्लीन रहेको उनले बताएका छन् । निषेधित क्षेत्र गोरखाको साम्दोमा एयर डाइनेष्टी हेली सर्भिसेज प्रालिकोको हेलिकप्टर लिएर अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेका सांसद बजगाईं बिरामी उद्धारका […]

सङ्खुवासभामा हेलिकप्टर प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सङ्खुवासभामा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ । सङ्खुवासभाको भोट खोला गाउँपालिकामा करिब १ घण्टा होल्ड गरेर सुरक्षा अधिकारीहरूले हेलिकप्टर काठमाडौँ तर्फ फिर्ता पठाएका छन् ।  अनुमति

युवा संघको टर्च र्‍याली, बानेश्वरमा झडप [तस्बिरहरू]

राष्ट्रिय युवा संघले शुक्रबार बानेश्वरमा टर्च र्‍याली निकालेको छ । राष्ट्रिय युवा संघ वाग्मती प्रदेश कमिटी र अन्तरजिल्ला प्रदेश कमिटीले जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र र नेपाली आकाशमा विदेशी हेलिकप्टर उड्दासम्म सरकार मौन बसेको भन्दै विरोधस्वरुप टर्च र्‍याली निकालेका हुन् । प्रदर्शनकारीहरुले बानेश्वरको निषेधित क्षेत्र पार गर्न थालेपछि प्रहरीले र युवा संघका कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो ।