सांसद बजगाईँ विरामी उद्धारका लागि हेलिकप्टर लिएर गोरखा पुगे

काठमाडौं, ३० असोज । मदिराको नसामा झ्याप भएर अन्तर्वार्ता दिएपछि भाइरल बनेका सांसद राजेन्द्र बजगाईं बिरामी लिन हेलिकप्टर लिएर गोरखा पुगेका छन् । बिरामी उद्धार प्रक्रियामा बिहान ८ बजेदेखिनै तल्लीन रहेको उनले बताएका छन् । निषेधित क्षेत्र गोरखाको साम्दोमा एयर डाइनेष्टी हेली सर्भिसेज प्रालिकोको हेलिकप्टर लिएर अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेका सांसद बजगाईं बिरामी उद्धारका […]

सम्बन्धित सामग्री

उत्तरी गोरखाबाट लेक लागेका २ विदेशीको हेलिकप्टर उद्धार

१३ कात्तिक, गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई विदेशी पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीटजरल्याण्डका नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । उनका अनुसार चुमनुब्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन गुम्बा पुगेपछि […]

उत्तरी गोरखामा गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

१४ भदौ, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार भएको छ । सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि २२ बर्षिया रितु गुरुङलाई वुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार उनी मंगलवारदेखि नै सिर्दिवास स्वास्थ्यचौकीमा भर्ना भएर बसेकी थिइन् । ‘अघिल्लो दिनदेखि नै […]

गठबन्धन उम्मेदवारका लागि भोट माग्न दाहाल उत्तरी गोरखामा

गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सिर्दिबास पुगेका हुन्।...

उत्तरी गोरखाको मतपेटिका ढुवानीमा हेलिकप्टर माग

२३ कात्तिक, गोरखा । चीनसँग सिमा जोडिएको गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गरिएको छ । निर्वाचनपछि मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन माग गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । ‘यही कात्तिक ३ गते जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्‍यौ,’ समिति संयोजकसमेत रहेका प्रजिअ आचार्यले भने, ‘सोही […]

उत्तरी गोरखाको सामागाउँमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर तयारी अवस्थामा

गोरखा – उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो ।  असोज महिनाको तेस्रो हप्ता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताउनुभयो । ‘सामागाउँमा आज दिउँसोपछि हिमपात सुरु भएको हो’, उहाँले भन्नुभयो, ‘हि...

मनास्लु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिमपहिरो गएको […]

उत्तरी गोरखाको स्याउ हेलिकप्टरबाट ल्याएर सदरमुकामको मेलामा बेचिँदै

उत्तरी गोरखामा फलेको स्याउ हेलिकप्टर चार्टर गरेर सदरमुकाममा ल्याइएको छ। चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा उत्पादित स्याउ गोरखा सदरमुकाममा अहिले चलिरहेको तेस्रो गोरखकाली मेलामा गाला र गोल्डेन स्याउ बिक्रीका लागि ल्याइएको हो।...

उत्तरी गोरखामा हेलिकप्टरबाट लगियो कोरोना खोप

२ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोना भाइरसविरुद्धको खोप ढुवानी गरिएको छ । शनिबार सिम्रिक एयरको हेलिकप्टर मार्फत तीन हजार डोज भेरोसेल खोप लगिएको हो । ‘हिजो नै लाने भन्ने थियो, तर मौसम खराव भएका कारण काठमाडौंबाट हेलिकप्टर आउन सकेन,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने । शनिबार दुई खेप गरेर […]

मुख्यमन्त्री चढेको हेलिकप्टर आयो, कोरोना खोप आएन

१ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ वर्ष उमेरका नागरिकका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप दुई सातादेखि जिल्ला स्वास्थ्य कार्यालयमा थन्किएको छ । १७ असारमा खोप आएपछि अन्यत्र २० गतेबाट अभियान शुरु भयो । तर सडक सञ्जाल नजोडिएको चुमनुव्री गाउँपालिकामा जाने पदमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भएकाले खोप […]

उत्तरी गोरखामा कोरोना खोप हेलिकप्टरबाट लगिने

२१ माघ, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टर मार्फत कोरोना भाइरस बिरुद्धको खोप लगिने भएको छ । सो क्षेत्रको स्वास्थ्य सेवामा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीलाई लगाउनका लागि एक सय डोज खोप बिहीबार हेलिकप्टरमार्फत ढुवानी गरिने स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । जिल्ला कोभिड खोप समन्वय समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको […]