मकवानपुर : मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्ति पत्र र भत्ता लिने कर्मचारीकाे भिड

मकवानपुर – यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नियुक्ति पत्र र भत्ता लिने कर्मचारीका कारण मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा भिड लागेकाे छ । चुनावमा खटिने कर्मचारीलाई नियुक्ति पत्र र चुनावमा प्राप्त गर्ने भत्ता लिनका लागि दुई दिनदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा भिड लागेको हाे ।   चुनावमा खटिने कर्मचारीलाई हिजो साेमवार र आज मङ्गलवार नियुक्ति पत्रका साथै आवश्यक भत्ता वितरण गरिएकाले भिड भएको हो । मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा रहेको निर्वाचन अधिकृतको कार्या...

सम्बन्धित सामग्री

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा […]

मकवानपुरमा मतगणना सुरु

मकवानपुर– मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मतगणना हेटौँडा-२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता सङ्ख्या तीन लाख सात सय […]

मकवानपुरको मतगणनाको लागि सिद्धार्थ स्कुलमा तारजाली र सीसीटीभी जडान

भोलि हुने निर्वाचनमा मतदानपश्चात मतगणनाको लागि आवश्यक तयारी पुरा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका अनुसार मतदान पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मकवानपुरको २ वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन गरी मतगणनाको लागि व्यवस्था मिलाइएको जनाएको छ ।मकवानपुर जिल्लाको २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि भएको मतदानको मतगणना हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा गरिने भएको छ । मतदान सकिएलगत्तै भोलि बेलुका नै स

मकवानपुरका सत्तारुढ गठबन्धनका सबैले एकैपटक दर्ता गरे उम्मेदवारी

२३ असोज, हेटौंडा । मकवानपुरका सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले एकैपटक उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रतिनिधि सभाका लागि मकवानपुर १ बाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र मकवानपुर २ बाट नेकपा एकीकृत समाजवादीका स्थायी […]

कमल थापाको उम्मेदवारीसँगै एमाले पार्टी कार्यालयमा कार्यकर्ताले लगाए ताल्चा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्। एमालेको सूर्य चिन्हबाट लडेका थापाको उम्मेदवारी दर्तासँगै एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन्।थापा नेकपा एमालेको समर्थनमा मकवानपुर–१ बाट उम्मेदवार बनेका हुन्। केन्द्रमा एमालेले थापालाई समर्थन दिएपनि जिल्लामा भने उनको विरोधमा कार्यकर्ताले पार्टी कार्यालयमा तालाब

हेटौंडाको मेयरमा पराजित दिपकबहादुर सिंहले मकवानपुर-१ बाट गराए मनोनयन दर्ता

काठमाडौं : प्रतिनिधिसभाको मकवानपुर क्षेत्र न १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन दर्ता गराएका हुन्। गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक संघीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। सो क्षेत्रबाट नेकपा…

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई […]

निर्वाचन आचारसंहिता विपरीत काम गर्ने सहायक निर्वाचन अधिकृत हटाइए

बागमती । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोपमा सहायक निर्वाचन पदबाट हटाएको छ । कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामाजिक सञ्जालमा कुनै एक राजनीतिक पार्टीको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न देखिएकाले उनलाई पदबाट हटाएको बताइएको छ । उक्त पदबाट हटाइएको सम्बन्धमा मुख्य निर्वाचन […]

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नु

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र सो कार्य गरेको पाएमा आवश्यक कारबाहीका […]

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग

मकवानपुर । हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ । हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको समाचार र उजुरीका आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । उनीहरूको जवाफ प्राप्त भएपछि […]