कोरोना संक्रमणका कारण डा. आचार्यको मृत्यु

पेट सम्वन्धि रोगका विज्ञ डाक्टर आइएल आचार्यको निधन भएको छ।  डा. आचार्यको आज (आईतवार) बिहान ३ बजे स्टार हस्पिटल, सानेपामा निधन भएको हो । आचार्यलाई कोरोना संक्रमण भएको थियो । अक्सिजन लेभल घट्दै ...

सम्बन्धित सामग्री

कोरोना संक्रमणका कारण जुम्लामा एक महिलाको मृत्यु

जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ निवासी ३३ बर्षीया बाटु सुनारको कोरोनाका कारण बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी...

सिरहामा कोरोना संक्रमणका कारण एक वृद्धाको मृत्यु

सिरहामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १९ बस्ने ६२ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका अनुसार मुटुसम्बन्धी समस्याका कारण उपचारमा रहेकी उनलाई माघ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना सँक्रमणका कारण वीरगञ्जमा एक जनाको मृत्यु

वीरगञ्ज – कोरोना सँक्रमणका कारण वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । कोरोना सँक्रमणपछि नारायणी अस्पतालमा उपचार गराईरहेका महागढीमाई नगरपालिका – ६, बाराका ५० वर्षिय पुरुषको मृत्यु भएको हो । उनको बिहीबार राति पौने १२ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डाक्टर उदय नारायण सिँहले जानकारी दिए । उनलाई राति […]

कोरोना संक्रमणका कारण एकको मृत्यु

पाँचथर । कोरोना भाइरस संक्रमणका कारण बुधबार एक बृद्धाको मृत्यु भएको छ । फिदिम नगरपालिका–३, की ८४ बर्षीया बृद्धाको उपचारको क्रममा फिदिमस्थित समर्पित अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनलाई भदौ ६ गते कोरोना पोजेटिभ भएको थियो । योसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । The post कोरोना संक्रमणका कारण एकको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। आज देशभर थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ जना रहेको छ। हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु दर १.५ रहेको छ भने देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ।

आज देशभर ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर थप ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ। मन्त्रालयकाअनुसार हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर १.५ प्रतिशत रहेको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ। हाल नेपालमा कोरोनाको कारण हुने मृत्युको दर १.५ रहेको छ। त्यस्तै, हाल देशभर कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।

कोरोना संक्रमणका कारण देशभर ३४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर ३४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण आठ हजार ६७५ जनाको मृत्यु भइसकेको छ। हाल नेपालमा कुल संक्रमितको संख्या छ लाख ४५ हजार २०९ रहेको छ।

कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

कोरोना संक्रमणका कारण ताप्लेजुङमा एक वृद्धाको मृत्यु

ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ। कोभिड संक्रमणले फुङ्लिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएको हो।...