सिरहामा कोरोना संक्रमणका कारण एक वृद्धाको मृत्यु

सिरहामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १९ बस्ने ६२ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका अनुसार मुटुसम्बन्धी समस्याका कारण उपचारमा रहेकी उनलाई माघ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।