काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडेका छन् । आज साेमवार भएकाे सुपर १२ काे समूह बी काे दाेस्राे खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले एक/एक अङ्क बाँडेका हुन् ।
यसअघि नाै ओभरमा झारिएकाे खेलमा जिम्बावेले पाँच विकेट गुमाएर ७९ रन बनाएकाे थियाे । उसका विस्ले मेधेभिरेले नटआउट ३५ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले दुई विकेट लिए ।
खेल पटक–पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले सात ओभरमा ६४ रनकाे लक्ष्य पाएकाे थिया...