काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज महत्त्वपूर्ण तीन वटा खेल हुँदैछन् । आजको खेलबाट समूह ‘२’ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ ।
आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित...