सहरमा सर्यो तोडफोड र चोर प्रवृत्ति, तीनकुने पार्कका हात्ती उखेलेर फालियो

काठमाडौं : पशुपतिनाथ मन्दिरमा ०७६ सालको महाशिवरात्रिका बेला थाइल्याण्ड,अष्ट्रेलिया, भारत लगायतबाट ल्याएर सजाइएका  फूल चोरी भए। सजाइएका फूल स्थानीय तथा दर्शनार्थीले नै चुँडेका थिए। पशुपति क्षेत्र विकास कोषका अनुसार सजावटमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको थियो।त्यस्तै, ०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि तीनकुने खाली जग्गाको डिलमा सजावटका लागि राखिएको दुबो असोज २९ गते रातारात चोरी भयो।दुबो चोरी भएपछि सुरक्षाका लागि प्रहरी पनि खटाइएको थियो। काठमाडौं महानगरपालिकाका अन

सम्बन्धित सामग्री

गुल्मीमा चोरीका घटना बढ्दो तर पक्राउ पर्दैनन् चोर

गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।

अपार्टमेन्टमा बस्ने, ट्याक्सी चढ्ने ‘ल्यापटप चोर’

१० असार, काठमाडौं। जिल्ला प्रशासन कार्यालय, ललितपुर नजिकै हरेको ग्लोबल लिंग टेक्नोलोजी प्रा.लि.मा २८ जेठमा झ्यालको ग्रील तोडफोड गरेर नगद र ल्यापटप चोरी भयो। काउन्टरभित्र रहेको एक लाख ८ हजार रुपैयाँ, प्रमुख कार्यकारी अधिकृतको कोठाको ३८ हजार नगदसहित डेल भोस्ट्रो सिरिजका ल्यापटपहरु चोरी भएपछि सञ्चालकहरुले जिल्ला प्रहरी परिसर, ललितपुरमा अनुसन्धानका लागि निवेदन दिए। ‘प्रशासन नजिकै […]

होटल तोडफोड गरी ६० हजार चोरी गर्ने दुईजना पक्राउ

गुल्मी  :  तीन साताअघि एक होटलबाट नगद ६० हजार चोरी गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।गुल्मी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवका अनुसार चोरी गरेको आरोपमा अर्घाखाँचीको मालारानी–२ का १९ वर्षीय सागर परियार र मिलन कुँवर पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले अर्घाखाँचीको डाँडाखर्कबाट पक्राउ गरेको हो।उनीहरूले गत चैत २१ गते जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर १ साकिनेस्थित यमबहादुर सुनारको सिद्धबाबा होटलबाट राति करिब १० बजे ढोका तोडफोड गरी  नगद ६० हजार चोर

असुरक्षित बन्दै गाउँका सहकारीहरु, जोखिममा सर्वसाधारणको बचत

कार्तिक २८, दोलखा । दोलखाको ग्रामीण भेगका सहकारीहरु असुरक्षित बन्न थालेका छन् । विगत केही वर्षदेखि सहकारीमा चोरीका घटना बढ्नु तथा चोर पक्राउ नपर्नुले सहकारीहरु असुरक्षित बनेसँगै सर्वसाधारणको बचत पनि जोखिममा पर्न थालेको देखिएको हो । दोलखामा पछिलो पटक गौरिशंकर गाउँपालिका वडा नम्बर एकमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारीका गार्ड पूर्णबहादुर खड्काको हत्या गरी सहकारी लुटपाट गरिएको घटना तथा यसअघि विभिन्न सहकारीहरुमा चोरी भई चोर पत्ता नलाग्नुबाट ग्रामीण भेगका सहकारीहरु असुरक्षित भई सर्वसाधारणको बचत जोखिममा रहेको पुष्टि भएको छ । कार्तिक १० गते घरबाट ६:३० बजे खाना खाई गार्ड बस्न सहकारी गएका खड्का भोलीपल्ट घर फर्किएनन् । सहकारिका व्यवस्थापक नैनबहादुर जिरेलले भोलिपल्ट १० बजे सहकारीको चेन गेट खोल्दा काउन्टर तथा उनको र्‍याक तोडफोड गरी १ लाख ८५ हजार ७२० रुपैयाँ चोरी भएको थियो ।  चेन गेटमा ताला लगाईएको कारण सबैको शंका सहकारीका ६८ वर्षिय गार्ड पूर्णबहादुर तिरै गयो । सेफ तोडफोडको प्रयास पनि त्यहाँ भएको तर सेफ भने नफोडिएको व्यवस्थापक जिरेलको भनाइ छ । सो घटनापछि प्रहरीमा खबर गरियो । तर १२ गते विभत्स रुपमा हत्या गरिएको उनको लास सहकारी नजिकको जंगलमा फेला पर्‍यो । यसपछि समग्र जूँगू गाउँनै आतिंकित भयो । हत्यारा पत्ता नलाग्दा गाउँनै अहिले त्रसित छ ।  प्रहरीले सहकारी तोडफोड भएको स्थानको अनुसन्धान गर्दा फिंगर प्रिन्ट समेत देखिएन । अपराधिले पञ्जा लगाएर लुटपाट गरेको हुन सक्ने दोलखा जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजालको अनुमान छ । यो पेशेवर अपराधिको काम हुन सक्ने उनले बताए ।  प्रहरीले तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्‍यो तर खासै नतिजा निस्किएन । हत्यारा फेला नपर्दा स्थानीयहरु साँझ बिहान घरबाट बाहिर निस्कन पनि डराइ रहेको स्थानीय केदार खड्काले बताए । हत्यारा फेला नपरेसम्म यो त्रास स्थानीयहरुमा कायम नै रहने उनको भनाइ छ ।  गार्डको हत्या भएको १६ दिन बित्दासम्म पनि हत्याराको खोजि हुन नसकेको प्रति ध्यानाकर्षण भएको भन्दै जिल्ला सहकारी संघ दोलखाले शुक्रवार प्रमुख जिल्ला अधिकार समक्ष ज्ञापन पत्र पनि बुझाएको छ ।  यसअघि विगत २ वर्षको अवधिमा दोलखा जिल्लाका भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि तामाकोशी भिरकोट, प्रगतिशिल बचत तथा ऋण सहकारी, च्यामा, जनसेवा मितेरी बचत तथा ऋण सहकारी, हावा, आकाशदिप बचत तथा ऋण सहकारी जिरी हाटडाँडा, भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था, शहरे, आन्नददायीक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भदौरे, सुनखानी लगायतका सहकारीमा चोरी भएको तर चोर पत्ता नलागेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले बताए । यसबाट गाउँ गाउँमा फैलिएका सहकारीहरु असुरक्षित रहेको स्पष्ट भएको छ ।  जनताले खाई नखाई गरेको बचत असुरक्षित हुनु दुर्भाग्य पूर्ण रहेको बचत कर्ता भीमेश्वर नगरपालिका १ की दिुर्र्गा शिवाकोटीको दुःखेसो छ । सानो पूँजी भएका सहकारीहरुले सुरक्षा गार्ड राख्ने अवस्था नभएपनि सेफ तथा सीसी क्यामाराको मात्रै भए पनि व्यवस्था गर्न आफूहरुले भन्ने गरेको तर कतिपय सहकारीले वेवास्ता गरेको कारण यस्ता समस्या आएको जिल्ला सहकारी संघका अध्यक्ष चौंलागाईंको भनाइ छ ।  अब सरकारी सुरक्षाको बारेमा राष्ट्रिय स्तरमै चर्चा गरी निकास निकाल्नु पर्ने उनको भनाइ छ । सहकारीको सुरक्षा गार्डलाई दिन सकिने सम्भावित हतियारको बारेमा पनि अब बसह गरी कानून निर्माण गर्नुपर्ने उनले बताए । सहकारीले एकतिर सर्वसाधारणलाई सानो तिनो गर्जो चालउन ऋण दिने तथा दुई चार पैशा बचत गर्न त मद्दत गरेका छन् तर जनताको कठोर परिश्रमबाट सिर्जित बचत खतरामा परिरहेको अवस्थामा सहकारीको  सुरक्षा गर्न सरकारले स्पष्ट नीति ल्याई कानूनको निर्माण गरी सहकारीको सुरक्षाको प्रत्याभूति दिनु पर्ने आम बचतकर्ताहरुको माग रहेको छ ।

चोरको बिगबिगी, नगद र गरगहना चोरी

गुल्मीमा बैङ्क तथा घर तोडफोड गरी नगद र गरगहना चोरी भएको छ । चोरी हुँदा पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।