संखुवासभा चैनपुर–८ चापाभइमा स्थापित सहरी स्वास्थ्य केन्द्र प्रभावकारी बनेको छ । त्यस क्षेत्रमा कुनै पनि स्वास्थ्य संस्था नहुँदा स्थानीयवासीहरूले सामान्य स्वास्थ्य सेवा लिनसमेत तीन घण्टा टाढा रहेको खराङ स्वास्थ्य चौकी वा चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र धाउनु पर्ने बाध्यता थियो ।