नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८.५२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५०.१४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयरमूल्य प्रति कित्ता ४१५ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।