श्रमसेवा निर्यातबाट भित्रियो ९.६१ खर्ब

काठमाडौं । आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७/७८ मा रू. ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस बराबरको रेमिट्यान्स (विप्रेषण) पठाएका हुन् । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आवमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६/७७ रू. ८ खर्ब ७५ अर्ब ३ करोड विप्रेषण नेपाल भित्रिएको थियो । यस आवमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । तर, गत आवमा भने विप्रेषण आप्रवाह बढेको छ । कोरोना महामारीका कारण अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो । गत आवमा पनि कोरोना महामारी कायम रहे पनि विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । कोरोनाका कारण नेपालको वैदेशिक रोजगार व्यवसाय प्रभावित भएपछि अघिल्लो आवमा विप्रेषण आप्रवाह घटेको थियो । कोरोना नियन्त्रण गर्न श्रम गन्तव्य मुलुकमा लगाइएको बन्दाबन्दीका कारण नेपालीहरू कामदारहरूले रोजगारी गुमाएका थिए । साथै, नयाँ कामदारको माग पनि ≈वात्तै घटेको थियो । त्यसैले अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो । तर, कोरोना विपद्कै बीच गत आवमा विप्रेषण आप्रवाहको वृद्धिदर करीब दोहोरो अंकको रहेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोना विपद्को प्रभाव कम हुँदै जाँदा विप्रेषण आप्रवाह बढेको बताए । साथै, हुन्डीजस्ता अनौपचारिक माध्यम आउने पैसा पनि औपचारिक माध्यमबाट आउँदा यस्तो भएको उनको भनाइ छ । ‘पछिल्लो समय श्रम गन्तव्य मुलुकहरूमा रोजगारीको अवसर खुम्चिएन । कोरोना विरुद्धको खोप आएपछि रोजगारीको अवसर पनि खुल्दै गए,’ उनले भने, ‘यिनै कारण गत आवमा विप्रेषण आप्रवाह बढ्न गएको हो ।’ वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डीको माध्यमबाट पनि पैसा पठाउन गर्छन् । तर, पटकपटकको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण नेपालमा हुन्डीजस्ता कारोबार हुन सकेन । त्यसपछि उनीहरूले औपचारिक माध्यमबाट नै पैसा पठाउन शुरू गरेका छन् । गत आर्थिक वर्षको शुरूदेखि नै विप्रेषण आप्रवाहमा वृद्धि देखिएको जानकारहरू बताउँछन् । नेपालीहरू मूलतः मलेशिया, कतार, साउदी अरब, यूएई, कोरिया, बहराइनलगायत मुलुकमा रोजगारीका लागि जाने गर्छन् । ती मुलुकहरूबाट नै बढी विप्रेषण भित्रिएको बताइएको छ ।

सम्बन्धित सामग्री

कम्बोडियाले सन् २०२२ मा साइकल निर्यातबाट ९६६ मिलियन अमेरिकी डलर कमायो

अन्तरराष्ट्रिय बजारमा कम्बोडियाली साइकलको निर्यात सन् २०२२ मा व्यापक बढेको छ । गत वर्ष साइकल निर्यातबाट देशले ९६६ मिलियन अमेरिकी डलर कमाएको छ जुन अघिल्लो वर्षको ६५१ मिलियन डलरको तुलनामा ४८ प्रतिशतले बढी हो । वाणिज्य मन्त्रालयका उपसचिव तथा प्रवक्ता पेन सोभिचेटले दिएको जानकारीअनुसार साइकल युरोपियन युनियन, बेलाइत, संयुक्त राज्य अमेरिकालगायत ५० भन्दा बढी देशहरूमा […]

सन् २०२३ मा श्रीलङ्काले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

एजेन्सी । श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ ।

सुधारको बाटोमा श्रीलंकाको अर्थतन्त्र

एजेन्सी – श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।” यो लक्ष्य हासिल गर्न […]

बिजुली बेचेर पाँच महिनामा नेपालले कमायो १० अर्ब ३९ करोड

बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ। पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।  देशभित्र खपत...

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

काठमाडौँ – बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ। पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो। देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो। यो गत कात्तिकसम्मको […]

जलविद्युत् निर्यातबाट समृद्ध हुन्न देश

नेपालीहरू बिजुली निकासी गरेर भुटान धनी भएको हो भन्ने भ्रममा छन्। त्यहाँ नेपालमा भन्दा नौ गुणा बढी बिजुली खपत भएको कुरा विस्मृतिमा छ। स्मरणीय छ, जति बढी बिजुली देशमा खपत हुन्छ, देश पनि तदनुरूप बढी समृद्ध र विकसित हुन्छ।...

श्रमसेवा निर्यातबाट भित्रियो ९.६१ खर्ब

आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७र७८ मा रू। ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस बराबरको रेमिट्यान्स ९विप्रेषण० पठाएका हुन् ।नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आवमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६र७७ रू। ८ खर्ब ७५ अर्ब ३ करोड विप्रेषण नेपाल भित्रिएको थियो । यस आवमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।तर, गत आवमा भने विप्रेषण आप्र