युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्नेछ । यसअन्तर्गत यस वर्षको अन्त्यसम्म रुसबाट तेल आयात बन्द गरिनेछ । यसका साथै रुसको सबैभन्दा ठूलो बैंक सबर बैंकको पनि स्विफ्ट फाइनेन्सियल सिस्टम हटाउने निर्णय गरिएको छ ।यी प्रतिबन्धहरूको सन्दर्भमा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संघले आगामी ६ महिनामा रूसबाट कच्चा तेल आयात गर्न बन्द गर्ने बताएकी छिन् ।यसपछि सन् २०२२ सम्ममा परिष्कृत उत्पादनको आयात पनि पूर्णरुपमा बन्द हुनेछ ।रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय