कृषि मन्त्री भन्छन्, ‘कृषि कार्यक्रमबाट किसान नभएर विचौलियालाई लाभ’

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषिक्षेत्रमा संचालित कार्यक्रमहरुबाट वास्तविक किसानले भन्दा विचौलियाहरुले लाभ लिईरहेको बताएका छन् ।    कृषि पत्रकार प्रतिष्ठान जोनाको नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाई तथा शुभकामना दिदै मन्त्री खनालले ...

सम्बन्धित सामग्री

दुग्ध किसानको समस्या तीन महिनामा समाधान हुन्छ : कृषि मन्त्री शाह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले देशका दुग्ध किसान र व्यावसायीको समस्या अबको तीन महिनाभित्र हल गर्ने बताउनुभएको छ।

सुदूरपश्चिमका कृषि मन्त्री भन्छन् : वास्तविक किसान छुट्ट्याउन गाह्रो छ

१३ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली किसान  छुट्ट्याउन गाह्रो हुने गरेको बताएका छन् । शुक्रबार प्रदेशसभाको सामाजिक विकास समितिसँगको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन् । सामाजिस विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेशसभा सदस्य धर्मराज पाठकले अनुदान वितरणमा […]

खुल्ला प्रतिस्पर्धा मिचेर कालीमाटी र बालाजु बजारको म्याद थप

प्रतिस्पर्धाबाट किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा लगाउनुपर्ने कालीमाटी र बालाजु बजार कृषि मन्त्री वेदुराम भुसालको सहमतिमा कानुनी व्यवस्था कुल्चेर बिचौलियालाई सुम्पिएको हो ।

किसानलाई पेन्सन यसैपालिबाट : कृषि मन्त्री यादव

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताएका छन् । सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’ किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उनले बताए […]

गहुँ पसाउने बेला पनि मलको अभाव, उत्पादन घट्ने किसानको चिन्ता

काठमाण्डाै - गहुँ पसाउने बेला किसानले मलको अभाव खेप्नुपरेको छ । गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि मल आउने टुङ्गो छैन । कृषि मन्त्री महिन्द्र राय यादवले यसअघि जीटूजी प्रक्रियाबाट मल ल्याउन पहल भइरहेको बताए पनि प्रक्रिया अगाडि बढेको छैन । यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसा...

दूधको मूल्य बढाउनुको विकल्प छैन : कृषि मन्त्री

३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले दूधको मूल्य बढाउन जरुरी भएको बताएका छन् । दूधको मूल्य वृद्धिबारे सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री यादवले दुग्ध उत्पादक किसान जोगाउन पनि दूधको मूल्य बढाउनुको विकल्प नभएको बताए । मन्त्रालयले कसैको प्रभाव र दबावमा नपरी मूल्य वृद्धिबारे निर्णय गर्न नचाहेको पनि उनको […]

उखु किसान र उद्योगीबीच कुरा नमिल्दा भएन मूल्य निर्धारण

उखुको मूल्य निर्धारणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार भएको छलफलमा सहमति हुन सकेन । कृषि मन्त्री महिन्द्रराय यादवको उपस्थितिमा उखु किसान र चिनी उद्योगीहरूको बीचमा आज छलफल भयो तर सहमति नभएपछि बुधवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उद्योगीहरूले सरकारी अनुदानसहित प्रति क्विन्टल ५८५ रुपियाँ प्रस्ताव गर्दा उखु किसानहरूले त्यसमा असहमति जनाएका छन् । उखु किसानहरूले उखुको मूल्य प्रति क्विन्टल ६८५ रुपियाँ हुनुपर्ने माग गरेका छन् तर चिनी उद्योगीहरूले त्यसलाई स्वीकार गर्ने पक्षमा छ

एसएलसी पास गरेर कृषि पेसामा लागेका कृषिमन्त्री महिन्द्र रायका पाँच चुनौती

सर्लाही हरिपूर्वामा मध्यमवर्गीय किसान परिवारमा २०११ असार १५ गते जन्मिएका महिन्द्र राय यादव एसएलसी पास गरेर खेती किसानीमा लागेका थिए । त्यतिबेला उनी सोचेका थिएनन् कि ‘आज कृषि कर्म गर्दै छु, भोली गएर कृषि मन्त्री बन्छु ।’ कृषि मन्त्री त धेरै टाढाको कुरा यसरी सक्रिय राजनीति गर्छु भन्ने पनि उनको दिमाग थिएन । उनी महिन्द्र कृषि मन्त्रालय हाँक्न थालेका छन् ।शुभकरण यादवका जेठो छोरा महिन्द्र राय यादव भारतका गुरुजी रामअवतार साहबाट प्रारम्भिक शिक्षा लिएका हुन् । पछि भारत सितामढी भौप्रसादमा सानी

राहत र पुनर्स्थापना माग्दै किसानले भेटे कृषि मन्त्री

बाढीपहिरोबाट पीडित किसानका लागि तत्काल राहत तथा पुनस्र्थापनाको प्याकेज माग गर्दै ५ किसान संगठनले कृषि तथा पशुपन्छी विकास मन्त्री  महेन्द्र राय यादबलाई भेटेका छन् ।