सभापति देउवाद्वारा नेपाल महिला सङ्घमा ५२ सदस्य थप

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको भातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप गर्नुभएको छ । मंगलबार सभापति देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५२ जना सदस्यलाई मनोनयन गर्नुभएको हो । थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा …

सम्बन्धित सामग्री

नेपाल महिला संघ चंखेली– २ को अध्यक्षमा मल्ल

सिमकोट – नेपाल महिला संघ चंखेली गाउँपालिकाको अध्यक्षमा मोतीसरा मल्ल सर्वसम्मत चयन भएकी छन्। गाउँपालिका केन्द्र पिप्लाङमा आइतबार बसेको भेलाले मल्ललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। महिला संघ क नम्बर प्रदेशकी अध्यक्ष पवित्रा देवकोटाले मल्लको नेतृत्वमा २९ सदस्यीय वडा कार्यसमिति गठन भएको बताइन्। संघको वडा कार्य समितिको उपाध्यक्ष मौरी चौलागाईं, लक्ष्मी न्यौपाने सचिव कोषाध्यक्ष दाना […]

नेपाल महिला संघ विवाद

काठमाडौं । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष निकट कांग्रेसको भगिनी संस्था,नेपाल महिला संघबीच टकराबको स्थिति सिर्जना भएको छ । कोइराला पक्षले अध्यक्ष उषा राउत मिश्रले कार्यशैली सुधार नगरे केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति गठनको चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । कोइराला पक्षनिकट महिला संघका […]

नेपाल महिला संघ हुम्लाको अध्यक्षमा शाह

सिमकोट – नेपाल महिला संघ हुम्लाको अध्यक्षमा सुशिला शाह चयन भएकी छन्। नेपाल महिला संघ केन्द्रले शाहलाई शुक्रबार जिल्लाको अध्यक्षमा चयन गरेको हो। हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका– ५ की स्थायी बासिन्दा शाह महिला संघ हुम्लाको अध्यक्षमा चयन भएकी हुन्। उनलाई महिलासंघ केन्द्रले अध्यक्षमा चयन गरेको हो। नेपाल महिला संघको अध्यक्ष विजय बोहरा कांग्रेस हुम्लाको सचिव […]

४ जिल्लामा नेपाल महिला संघका अध्यक्ष मनोनित

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनित गरेको छ । ताप्लेजुङ्गमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनित गरिएको नेपाल महिला संघले जनाएको छ । नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले उनीहरुलाई […]

अखिल नेपाल महिला संघमा नयाँ नेतृत्वको खोजी, काे–काे छन् दाबेदार ?

एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) नयाँ नेतृत्व चयनको खोजीमा लागेको छ ।

नेपाल महिला संघको अध्यक्षमा उषा रावत

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ । सिरहा घर भएकी रावतलाई कांग्रेसले  महिला संघको अध्यक्षमा मनोनित गरेको हो ।   यसअघि उमा रेग्मी अध्‍यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव थिइन् ।

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी […]

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त

भागरथी प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्न अखिल नेपाल महिला संघको माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले भागरथी भट्टको बलात्कार हत्या प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । महिला सङ्घले निर्मला पन्तजस्तो हुनेगरी घटनाको पुनरावृत्ति नगर्दै बेलैमा घटनाको छानबिन गरेर सत्य तथ्य पत्ता लगाउन पनि माग गरेको छ । महिला सङ्घकी अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०७७ माघ २५ गते जारी प्रेसवक्तव्यमा घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गरेको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कार गरी हत्या गरेको घटनाले अखिल नेपाल महिला सङ्घ गम्भीर र स्तब्ध भएको छ । श्री सनातन धर्म मावि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथीको स्कुल गएर फर्कने क्रममा जङ्गलमा बलात्कार गरी विभत्स हत्या गरिएको थियो । सङ्घले उक्त अपराधिक घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनाको गहिरो छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ । दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडित परिवारलाई न्याय दिने काम अझै हुन सकेको छैन । दुई वर्षपछि अहिले त्यही प्रदेशमा त्यही प्रकृतिको भागरथी घटना घटेको छ । यस सम्बन्धमा घटेको भागरथी घटनालाई निर्मला पन्तको घटनामा जस्तो गरी दोहोरिन नदिनका लागि गम्भीर ढङ्गले लिन र गहिरो छानबिन गरी छिटोभन्दा छिटो सत्य तथ्य बाहिर ल्याउन र अपराधीलाई हदैसम्मको कारबाही गर्न महिला सङ्घले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।”