काठमाण्डौ - काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ सल्लाफेदमा आज (मङ्गलवार) बेलुकी बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल र अन्य दुई जनाको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किँदै गरेको 'रिजर्भ' बस दुर्घटना भएको प्रहरीले जनाएक...