मंसिर ८ गते बसेको संयुक्त राष्ट्र संघ बैठकले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नती गर्ने प्रस्ताव पारित गर्यो । स्तरोन्नती हुन राष्ट्र संघको ७६औं महासभाको ४० औं पूर्ण बैठकले नेपाललाई सन् २०२६ सम्म समय दिएको छ । अर्थात, अहिले प्रस्ताव पारित भएपनि २०२६ सम्म नेपालले आफूलाई विकासशील राष्ट्रको हैसियतमा उभ्याइसक्नुपर्नेछ ।तर, नेपालको निजी क्षेत्रका लागि देश अल्पविकसित नरहनु टाउको दुखाइ भएको छ । उद्योगी/व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीस