फागुनसम्ममा निर्जीवन बीमाको २५ अर्बभन्दा बढीको व्यापार, गत आवभन्दा २.२६ % ले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को फागुनसम्म निर्जीवन बीमा कम्पनी (Non-life Insurance Company) हरूले २५ अर्बभन्दा बढीको व्यापार गरेका छन् ।  नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority) ले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार चालू आवको साउनदेखि फागुनसम्म निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँको व्यापार गरेका हुन् । यो गत आवको सोही अवधिको तुलनामा २.२६ प्रतिशतभन्दा बढी हो । गत आवको आठ महीनामा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँको व्यापार गरेका थिए ।  चालू आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ७६ हजार ४५३ ओटा बीमालेख जारी गरेका छन् । फागुनमा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४० हजार १७० ओटा बीमालेख जारी गरी २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् ।  निर्जीवन बीमा कम्पनीहरूले हालसम्म सम्पत्ति, सामुद्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बीमा, लघुबीमा र विविध बीमालेख बिक्री गर्दै आएका छन् । शिखर इन्स्युरेन्सको सबैभन्दा बढी व्यापार फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी व्यापार शिखर इन्स्युरेन्स (Shikhar Insurance) ले गरेको छ । शिखरले आठ महीनामा ३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेको छ । यस्तै दोस्रोमा नेको इन्स्योरेन्स (Neco Insurance) ले १ अर्ब ९७ करोड ६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९१ करोड २३ लाख रुपैयाँको व्यापार गरेको प्राधिकरणले जनाएको छ ।  बीमक फागुन    महीनासम्मको जारी  बीमालेख  संख्या कुल  बीमा  शुल्क (रु. लाखमा) नेपाल इ. कं. लि. 117,059 10,037.59 दि. ओरिएन्टल  इ. कं. लि. 26,915 9,314.47 राष्ट्रिय बीमा कम्पनी लि. 37,977 18,095.19 नेशनल  इ. कं. लि. 21,584 6,448.33 युनाइटेड  इ. कं. (नेपाल) लि. 75,453 7,847.63 प्रिमियर  इ. कं. (नेपाल) लि. 93,667 12,412.58 नेको  इ. लि. 187,805 19,786.37  सगरमाथा इ. कं. लि. 145,200 18,683.39  प्रभु इ. लि. 83,395 10,263.55  आईएमई जनरल 77,620 12,103.17 प्रूडेन्सियल इ. कं. लि. 89,238 8,959.23 शिखर इ. कं. लि. 171,395 33,448.51  लुम्बिनी ज. इ. कं. लि. 88,890 12,142.90  एनएलजी इ. कं. लि. 131,299 15,868.95  सिद्धार्थ इ. लि. 131,361 16,258.68  अजोड इ. कं. लि. 91,996 12,355.39 हिमालयन एभरेष्ट इ. लि. 171,713 19,123.12 सानिमा जिआईसी इ. लि. 118,911 14,148.58  सिद्धार्थ प्रिमियर इ. लि.* 13,132 1,224.15  सगरमाथा लुम्बिनी इ. क. लि.* 1,843 211.84  कुल 1,876,453 258,733.60                                          स्रोत: नेपाल बीमा प्राधिकरण (नोट : सिद्धार्थ इ. लि. र प्रिमियर इ. कं. (नेपाल) लि. हाल मर्ज भई सिद्धार्थ प्रिमियर इ. लि. को नामबाट कारोबार शुरु भएको छ । त्यसैगरि सगरमाथा इ. कं. लि. र लुम्बिनी ज. इ. कं. लि. मर्ज भई सगरमाथा लुम्बिनी इ. क. लि. (सलिको)को नामबाट एकीकृत कारोबार शुरु गरिएको छ ।)

सम्बन्धित सामग्री

जति विद्युत खपत बढ्यो, उति नै बढी अर्थतन्त्रमा योगदान पुग्छ: कुलमान घिसिङ

जति विद्युत खपत बढ्यो, उति नै बढी अर्थतन्त्रमा योगदान पुग्छ: कुलमान घिसिङ

१७ प्रतिशतले बढ्यो अपराध : एक वर्षमा ४६ हजार आपराधिक घटना

प्रहरी तथ्यांक भन्छ– हत्या, लागुऔषध, संगठित तथा आर्थिक, सवारीसम्बन्धी अपराध बढ्यो कोरोना महामारीकै बीचमा देशमा जघन्यसहितका अपराध ह्वात्तै बढेको छ । पछिल्लो एक वर्षमा करिब १७ प्रतिशतले अपराध बढेको नेपाल प्रहरीको तथ्यांक...

'सरकारले एमसीसी जबरजस्ती पास गरेपछि नेपालमा आर्थिक संकट बढ्यो'

उनले भने, ‘पाँच दलीय गठबन्धन सरकारले एमसीसी सम्झौंता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो। सर्वसाधारण जनता महंगीको मारमा परे। एमसीसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो। यसको प्रमाण हामी दिन सक्छौं।...

९५.५ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ९५.५ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २४ सय नाघेको छ । नेप्से २४२० अङ्कमा पुगेको छ । एउटा कम्पनीको मूल्य स्थिर, एउटाको गिरावट आयो भने १९३ को बढ्यो । २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह उक्लिएका छन् । […]

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । परिसूचक १६.०४ अङ्कले बढेर २६५० मा कायम भएको छ । कुल २ अर्ब ५१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । १० कम्पनीको मूल्य स्थिर रहँदा १०६ कम्पनीको बढ्यो भने ७७ को घट्यो । बैङ्किङ ६, विकास बैङ्क ५६, होटल तथा पर्यटन २०, […]

चार गुणाले बढ्यो विदेश जानेको संख्या

काठमाडौं, पुस ८ । कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका […]

फुटबलमा क्लबको सहभागिता बढ्यो / सि डिभिजन लिगमा ७८ क्लब सहभागी

फुटबलमा क्लबको सहभागिता बढ्यो । सि डिभिजन लिगमा ७८ क्लब सहभागी  रहेका छन।

निषेधाज्ञासँगै बजार भाउ बढ्यो, सरकार भन्छ– ‘कालोबजारी र अभाव हुन दिन्नौँ’

'दुई तीन दिनमै दश रुपैयाँ बढ्यो ?!'  कीर्तिपुरको एउटा खाद्य पसलमा एक लिटर खानेतेल किन्न पुगेका सुरेश महर्जनले पसलेलाई सोध्नुभयो ।  'बढ्यो नि के गर्नु भोलिदेखि यही पनि पाइँदैन होला' पसलेले जवाफ दिए ।  'कोरोना सङ्क्रमणभन्दा पनि महँगीले पो  मरिने भयो' बनावटी हाँसो हाँस्दै सुरेश तेलको प्याकेट बोकेर पसलबाट बाहिरिनुभयो । एकैछिनमा त्यही पसलमा एक जना महिला खाना पकाउने ग्यास खोज्दै पुगिन् ।  'ग्यास छ ?'  उहाँको प्रश्न पसलेले सुने, नसुनेझैँ गरे ।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको निगमले जनाएको छ […] The post फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.