डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं : भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।मन्त्रिपरिषद्‌ले तीन महिनाअघि नियुक्तिको सिफारिस गरेर संसदीय सुनुवाइ भए पनि शर्माको एग्रिमो आउन विलम्ब भएको थियो। गत साता मात्रै एग्रिमो आएपछि उनलाई राजदूत नियुक्त गरिएको हो।डा. शर्मा अर्थविद हुन्। उनले यसअघि अमेरिकाको राजदूतको जिम्मेवारी पनि सम्हालिसकेका छन्। शर्मा अर्थविद्

सम्बन्धित सामग्री

डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शर्माको एग्रिमो नयाँ दिल्लीले चैत २ मा पठाएको थियो । शेरबहादुर […]

डा शंकर शर्मा भारतको राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् । सरकारले उनलाई राजदूत सिफारिस गरेको लामो समय बितेपनि भारतले एग्रिमो पठाउन ढिलाइ गरेको थियो । भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले आइतबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । ‘

डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौँ– डा. शंकरप्रसाद शर्मा भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई राजदूत नियुक्त गरेकी हुन्।

डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं, ६ चैत्र । भारतका लागि राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषदले तीन महिना अघि नियुक्तिको सिफारिश गरेर संसदीय सुनुवाई भएपनि शर्माको एग्रिमो आउन ढिलाइए भएको थियो । गत हप्ता एग्रिमो आएपछि उनलाई राजदूत नियुक्त […]

ज्ञानचन्द्र आचार्य बेलायतका लागि नेपाली राजदूत नियुक्त

संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरिएको छ ।  शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन् ।  आचार्यलाई बेलायतको राजदूतमा नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको थियो ।  बेलायतले गत साता आचार्यको एग्रिमो स्वीकृत गरेको थियो । तर, उनीसँगै गत कात्तिकमा प्रस्ताव गरिएका राजदूतहरू डा. शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो चाहिँ नआएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं : भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार सुरु भएको छ।संसदीय सुनुवाइ विशेष समितिको सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो।गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका राजदूतहरूविरुद्ध उजुरी आह्वान गरिएको छ। प्रस्तावित राजदूतहरूविरुद्