जिममा पसिना बगाएर बडी बनाउनु आजकाल फेसन बनिसकेको छ । तपाईंले यस्ता धेरै मानिसहरुलाई देख्नुभएको होला जसले मसल्स र बाइसेप्स बनाउनका लागि जिम धाउने गरेका छन् । यतै केही यस्ता मानिसहरुका पनि छन् जसले छिटो नतिजा पाउनका लागि विभिन्न प्रकारका चिज प्रयोग गर्छन् जस्तै स्टेरोइड, इन्जेक्सन आदि । यस्तै, एउटा घटना हालै सार्वजनिक भएको छ जसमा ब्राजिलका एक बडीबिल्डर र टिकटक स्टार वाल्दिर सोगातोले मसल्स बढाउन यस्तो काम गरे जसका कारण उनको मृत्यु भयो ।‘हल्क’ को नामबाट परिचित यी ब्राजिलियन व्यक्तिले २३