सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी विद्यालय खोल्ने गृहकार्यमा जुटेको सरकारले शैक्षिक सत्रलाई व्यवस्थापन गर्दै नयाँ क्यालेन्डर बनाउने तयारी अघि बढाएको हो ।