काठमाडौं : बिहीबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि छिटफुट बाहेक ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षा हुनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।