काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार सोमबार बिहान पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षा भएको छ। प्रदेश १‚ प्रदेश २‚ बागमती‚ कर्णाली र सुदूरपश्चिमको मौसम सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंश