काठमाण्डाै - सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । विभागले निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलकाे ठेक्का तोड्न थालेकाे हो ।
सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै ठेक्का तोडिने बताउनु भयाे । गोरखामा बुट्टार मकैसिङमा पुलको ठेक्का तोडिएर नयाँ ठेक्कामार्फत् काम गर्न लागिएको उहाँले बताउनुभयो । त्रिशूली नदीमा पु...