नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्य भएको बताएका छन् । ‘यो विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्यको विषय भयो । यसबारेमा हामी हाम्रो पार्टीभित्र र गठबन्धनभित्र पनि यस्तो किन भयो भनेर छलफल गर्दैछौं’, रातोपाटीसँगको कुराकानीमा खनालले भने, ‘पार्टीले आफ्नै नेता, कार्यकर्ता र आफ्नो सरकार सञ्चालन गर्न नसकेर अन्यथा ढंगले पार्टी परिचालित हुने स्थिति आयो भने त्यस्ता पार्टीहरूको भविष्य सकिन्छ