विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्यो । भूकम्पबाट उठ्नै लाग्दा भारतले अघोषित नाकाबन्दी गरेर झन सकसमा परेको अर्थतन्त्र अहिले पुनः सकसमा परेको छ । नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ । रुस–युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम …