शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौं,२० असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम ल्याएको छ । विद्यालय शिक्षालाई रोजगारसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाको भनाइ छ । प्राविधिक शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति समेत उपलब्ध गराउने उनले जानकारी दिए । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्याका आधारमा थप कार्यक्रम […]
पछिल्लो समय विद्यार्थीहरुले सुरक्षित भविष्यका लागि प्राविधिक शिक्षा रोज्न थालेका छन् । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले चाहनाअनुसारको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको पाइन्छ । राम्रो वैदेशिक रोजगारीका लागि अभिभावकले पहिले महँगो खर्च गरेर निजी विद्यालय रोज्ने चलन बढेको थियो । पछिल्लो समय स्वदेश तथा विदेशमा रोजगारीका लागि भाषासँगै सिपमूलक शिक्षामा अभिभावक र विद्यार्थीको ध्यान […]
लमजुङ– लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको अभियान अलपत्र परेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बालमैत्री शिक्षण सिकाइ र बालमैत्री विद्यालय बनाउने अभियान थालेको थियो । सन् २०१५ भित्रै जिल्लाका सबै विद्यालयमा भौतिक पूर्वाधार बालमैत्री बनाउने, गुणस्तरीय शिक्षा दिने, प्राविधिक शिक्षा, तालिमप्राप्त शिक्षक र पाठ्यपुस्तक समयमै पुर्याउने योजना समावेश थिए । आठ वर्ष बितिसक्दा […]
सुर्खेतको चिंगाड गाउँपालिकाले गाउँपालिकामा एउटा विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।गाउँपालिकाका प्रमुख बोधविक्रम जिसी र उपप्रमुख मिनाकुमारी रोकायले सोमबार पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा गाउँपालिकाभित्र एक वटा नमुना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमध्ये एक विद्यालय छनोट गरी प्राविधिक शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको […]
सन् २००९ देखि २०१५ सम्म कार्यान्वयन भएको विद्यालय क्षेत्र सुधार कार्यक्रम र सन् २०१६ देखि २०२१ सम्म लागु भएको विद्यालय क्षेत्र विकास कार्यक्रमले विद्यालय तहको शिक्षा १२ सम्म कायम गरी कक्षा ८ सम्मको तहलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहको विद...
काठमाडौं। सरबारले हाल कार्यान्वयनमा रहेको विद्यालय तहको कक्षा ९ देखि प्राविधिक शिक्षा पठनपाठन गराउने व्यवस्था खारेज हुने गरी संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको छ । शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ मा अब विद्यालय तहमा कक्षा ९ देखि १२ सम्म पठनपाठन हुँदै आएको प्राविधिक शिक्षा खारेज गरी कक्षा १० उत्तीर्ण भएपछि […]
काठमाडौं। तीन वर्षको अवधिमा ६ वर्षभन्दा माथि उमेर समूहको साक्षरता दर ७ प्रतिशत बिन्दुले बढेको छ। सरदर भर्नादर ८६ प्रतिशत पुगेको छ। कुल ४ सय ८४ प्राविधिक धारका विद्यालय स्थापना भएका छन् भने ५ सय ७२ सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा उपलब्ध भएको छ। देशभरका ३८३ स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको पहुँच पुगेको शिक्षा मन्त्रालयले जनाएको छ।