उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को आज भृकुटीमण्डपमा उद्घाटन गर्दै उहाँले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेको बताउनुभयो । मुलुकलाई सामाजिक, आर्थिकरूपमा समृद्ध बनाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले राष्ट्रिय पुँजीको विकास गर्न निजी …