सञ्चारमाध्यममा मदिराजन्य विज्ञापन नगर्न बोर्डको ध्यानाकर्षण

काठमाडौं । सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न पत्रपत्रिकालाई आग्रह गरेको छ । विज्ञापन बोर्डले एक प्रेस विज्ञप्ति जारी गरी जनस्वास्थ्य ऐन सम्झाउँदै सो आग्रह गरेको हो । जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट, सुर्ती तथा सूर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको […]

सम्बन्धित सामग्री

दक्षिण कोरियासँग इपिएसबाहेकको सम्झौता नभएको स्पष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक लैजाने विषयमा सम्झौता भएको भनेर सामाजिक सञ्जालमार्फत भ्रमित विज्ञापन सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (इपिएस) मा नेपाली श्रमिक पठाउने सम्झौताबाहेक अन्य कुनै सम्झौता नभएकाले त्यस्ता गलत सूचनाको विश्वास नगर्न विज्ञप्तिमार्फत सचेत गराएको छ ।

कान्तिपुर पब्लिकेसन्स आन्दोलन: व्यावहारिक एवं कानूनी बाटोबाट समाधान खोज्न आग्रह

काठमाडौं । कान्तिपुर पब्लिकेसन्समा केही दिनयता भइरहेको आन्दोलनप्रति सञ्चार क्षेत्रसँग सम्बद्ध संस्थाहरूको ध्यानाकर्षण भएको छ । उक्त पब्लिकेसन्समा कार्यरत कामदार तथा कर्मचारीले आफ्ना माग राख्ने क्रममा प्रकाशनको विक्रीवितरणमै अवरोध पुर्‍याएको घटनाप्रति समग्र सञ्चार क्षेत्रका लागि दु:खद भएको नेपाल मिडिया सोसाइटी र नेपाल विज्ञापन संघले बताएका छन् । ‘कामदार तथा कर्मचारीले आफ्ना माग कम्पनी व्यवस्थापनसँग प्रस्तुत गर्नु स्वाभाविक भए तापनि जायज मागलाई सभ्य, शिष्ट तथा अनुशासित ढंगबाट राख्नु आवश्यक छ,’ दुवै संस्थाद्वारा सोमवार संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘जायज मागलाई कम्पनी व्यवस्थापनले पनि आफ्नो साधनस्रोत तथा ऐन कानूनको व्यवस्था अनुसार नै सम्बोधन गर्नुपर्दछ ।’  प्रेस स्वतन्त्रता र मिडिया व्यवसाय सञ्चालन विरोधी क्रियाकलापप्रति कोही पनि मुकदर्शक बन्न नहुने सम्बद्ध संस्थाहरूले बताएका छन् । साथै अराजकता, हिंसात्मक चेतावनी, हुलहुज्जत जस्ता मिडिया क्षेत्रलाई बदनाम गराउने क्रियाकलाप नगर्न समेत सचेत गराइएको छ । ‘आजको खुला परिवेशमा आफ्ना माग सम्बद्ध पक्षसँग राख्नु, वार्ता छलफल गर्नु, त्यसबाट पनि समाधान नभए कानूनी रूपमा पीडित पक्षले उपचार खोज्ने विकल्पमा जानुपर्ने स्वाभाविक बाटो हो । तर भौतिक रूपमा प्रकाशनको वितरणमा अवरोध पुर्‍याउने कार्यले व्यवस्थापन तथा आन्दोलनरत पक्षबीच झनै अविश्वास तथा मनमुटावको सृजना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारगृहमाथि हुने हुलहुज्जत, कुनै पनि नागरिकको नैसर्गिक अधिकारमाथि आक्रमण, हिंसात्मक धम्की दिने प्रवृत्ति र पक्षहरूका बारेमा सचेत रहने नेपाल सरकार र शान्ति सुरक्षाको जिम्मा लिएका सुरक्षा निकायहरूलाई समेत चनाखो हुन आग्रह गर्दछौं ।’ कान्तिपुर पब्लिकेसन्स र आन्दोलनरत पक्षबीच सयंमित रही समस्या समाधानका लागि व्यावहारिक एवं कानूनी बाटो नै अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।

मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।बिहीबार विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो ।

मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता पालनामा ध्यान दिन आमसञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने काउन्सिलले जनाएको छ ।

मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता पालनामा ध्यान दिन आमसञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने काउन्सिलले जनाएको छ ।

चुनावी प्रचारप्रसारमा विज्ञापन बोर्डको ध्यानाकर्षण

काठमाडौं (अस) । विज्ञापन बोर्डले आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवारले आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गरेको प्रचार निर्वाचन आचारसंहिता २०७८, विज्ञापन नियमन गर्ने ऐन २०७६ तथा नियमावली २०७८ अनुसार भए/नभएको अनुगमन गरिएको बोर्डद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ । ‘निर्वाचन नजिकिँदै गर्दा विभिन्न माध्यमबाट भएका प्रचारप्रसारमा निर्वाचन आचारसंहिता उल्लंघन भएका घटना दिन प्रतिदिन बढ्दै गएको हुँदा विज्ञापन बोर्डको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । बोर्डले निर्वाचनको समयमा राजनीतिक दल, दलका उम्मेदवार र अन्य उम्मेदवारलाई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड नराख्न अनुरोध गरेको छ । साथै भित्तेलेखन, पर्चा, पम्प्लेट, पोस्टर टाँस गरेको पाइएको भन्दै बोर्ड निर्वाचन आचार संहिता विपरीतका त्यस्ता कार्य नगर्न/नगराउन आग्रह गरेको छ । यसैगरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टी–शर्ट, टोपी लगायत सांकेतिक सामग्री लगाएर प्रचारप्रसार गरेको पाइएकाले त्यस्ता कार्य समेत नगर्न भनिएको छ । बोर्डले फेसबुक जस्ता सामाजिक सञ्जालमा उम्मेदवारको तस्वीर र चुनाव चिह्न फरक–फरक गरी प्रकाशन नगर्न र उम्मेदवारको फोटो बिगारेर होच्याउने, अपमान नगर्न तथा गलत, भ्रामक प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।

चुनावी प्रचारमा आचारसंहिता उल्लंघन नगर्न विज्ञापन बोर्डको अनुरोध

काठमाडौं : विज्ञापन बोर्डले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रचारप्रसारमा आचारसंहिता उल्लंघन भएका घटना दिनानुदिन बढेको प्रति ध्यानाकर्षण गराउँदै तीन बुँदे निर्देशन जारी गरेको छ।बोर्डले स्थानीय चुनावमा राजनीतिक दल र उम्मेदवारहरूले गरेको प्रचारप्रसार आचारसंहिता अनुकूल भए नभएको नियमित अनुगमन भइरहेको जनाएको छ। निर्वाचन आचारसंहिता, २०७८ विपरीत भएका कार्यहरु कानून बमोजिम कारबाही हुनेसमेत बोर्डले स्मरण गराएको छ।मतदानको दिन नजिकिँदै गर्दा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भएका चुनावी

निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले आज एक अपिल जारी गर्दै कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण नगर्न÷नगराउन ध्यानाकर्षण गराएको हो । निर्वाचनको समयमा बढी संवेदनशील र सन्तुलित भई समाचार, विचार, विज्ञापन, सम्प्रेषण गर्नुपर्ने भन्दै काउन्सिलले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभ

निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले आज एक अपिल जारी गर्दै कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण नगर्न÷नगराउन ध्यानाकर्षण गराएको हो । निर्वाचनको समयमा बढी संवेदनशील र सन्तुलित भई समाचार, विचार, विज्ञापन, सम्प्रेषण गर्नुपर्ने भन्दै काउन्सिलले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभ

मदिरा र सूर्तिजन्य विज्ञापन नछाप : प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।