बेनी नगरपालिका – केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो

सम्बन्धित सामग्री

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

म्याग्दी, ३१ वैशाख । म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ । ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि […]

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती ।

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती । पछिल्लो समय कोप्रे झरना नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर : रासस

बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो ।  करिब २० किलोमिटर दूरीको बागलुङ–बेनी सडकको तीन किलोमिटर ८०० मिटर दूरीको भुवाने–हुलाकेबाहेक सबै ठाउँमा कालोपत्र भएको छ । खबरा र हाडेभिरमा सडक कालोपत्र गर्न बिरुवा–सिमरन जेभीले विसं २०७७ […]

छाडा पशु व्यवस्थापनमा जुट्यो बेनी नगरपालिका

बेनी : म्याग्दीको बेनी नगरपालिकाले सदरमुकाम बेनी बजारमा छाडा छोडिएका पशुचौपायालाई व्यवस्थापन गर्ने भएको छ। बजारमा छाडा छोडिएका गाई, गोरु, बाच्छाबाच्छीलाई चरन क्षेत्र वा गौशालामा व्यवस्थापन गर्ने कार्य शुरु गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।नगरपालिकाले विज्ञप्ति जारी गरी आफ्ना घरपालुवा पशुचौपायालाई बजार क्षेत्रमा छाडा नछोड्न नगरवासीलाई अनुरोध गरेको छ। छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने काम भइरहेकाले कसैको निजी घरपालुवा पशु पर्न गए त्यसको जिम्मेवारी नगरपालिका नहुने व्यहोरा पनि

म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र […]

बेनी नगरपालिका–२ मा गठबन्धन विजयी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गरेका छन् । नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन रहेको छ ।  वडा […]

बेनी नगरपालिका मेयरमा एमालेकाे अग्रता

म्याग्दी : म्याग्दीको बेनी नगरपालिकाका मेयरमा नेकपा एमाले अग्रता लिएकाे छ। वडा-रत्नेचाैरकाे ८ सय मत गणना हुँदा मेयरका लागि एमालेका उम्मेदवार सुरज केसीले अग्रता लिएका हुन्। केसीले ३ सय ७४ मत ल्याउँदै अग्रता लिएका छन्। त्यस्तै गठबन्धन(काङ्ग्रेस)का उम्मेदवार चिरञ्जिवी शर्माले २ सय ८३ मत ल्याएका छन्। उपमेयरमा भने एमालेले २ सय ३५ मत ल्याउँदा गठबन्धनले २ सय ९७ मत ल्याउँदै अग्रता लिएकाे छ।

रावण पार्कमा रावणकै मूर्ति

म्याग्दीको बेनी नगरपालिका-५, पछैमा निर्माण हुन लागेको रावण पार्कमा राखिने रावणको मूर्ति बनाउँदै कालिगड । बेनी नगरपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा पछैमा रावण पार्क निर्माण शुरू भएको छ । तस्वीरः सन्तोष गौतम/रासस

बेनी नगरपालिका - विकाससँग जोडिँदै ऐतिहासिक सम्पदा

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित  ऐतिहासिक र पुरातात्विक महत्वका खड्भवानी कोत परिसरका सम्पदा विकाससँग जोडिन थालेका छन् । समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करीब