भारतीय पूर्व कप्तान विराट कोहलीको ब्याट मैदानमा मौन भएता पनि उनले सामाजिक सञ्जालमा चौका र छक्का जम्मा गरिरहेका छन् । पछिल्लो दुई वर्षमा उनको ब्याटले कुनै पनि फर्म्याटमा शतक बनाउन सकेन । तर, यो अवधिमा उनले सामाजिक प्लेटफर्म इन्स्टाग्राममा ठूलो इनिङ खेलेका छन् ।यस प्लेटफर्ममा विराट कोहलीका २० करोडभन्दा बढी फलोअर्स छन् । उनी २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् । कोहली दक्षिण अफ्रिका विरुद्ध जुन ९ बाट सुरु हुने टी(२० सिरिजमा टिम इन्डियाको हिस्सा छैनन् तर फ्यानमा उनको क्रेज भने कायम