मोहना नदीको बाढी बस्तीमा पस्यो, २८ घर डुबानमा

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५, श्रीलंका सुकुम्बासी बस्तीका खड्क विकसँगै २८ घर डुबानमा परेका छन् । बिहीबार सो बस्तीमा मोहना नदीको बाढी पसेपछि २८ घर परिवार विस्थापित भएका हुन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मोहना नदीको सतह बढ्दै बस्तीमा पानी पसेको हो ।श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिममा रहेको यो गाउँ ०५७ पछि ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ

सम्बन्धित सामग्री

नारायणी नदीकाे बाढी बस्तीमा पस्यो, ५० घर डुबानमा

काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर […]

कैलालीको कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्यो, ६०० बढी घर डुबानमा

१ असोज, धनगढी । शुक्रबारदेखि परिरहेको अविरल वषर्ाका कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका-८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब […]

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ