महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ