धादिङमा शनिबार बोलेरो दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग.१ज. ५५८० नम्बरको पराल बोकेर आएको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका छन् ।घाइते हुनेमा सोही ठाउँ बस्ने बोलेरो चालक २० वर्षीय समिर गदेल, ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर विक, ५२ वर्षीय किसन विक र १५ वर्षीय प्रितम गदे