म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ६ जना घाइते

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, को काफलचौर जीप (बोलेरो) दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार प्रदेश २–०३, ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । भर्जुलादेखि ताराखेत तर्फ आउँदै गरेको गाडी ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको स्थानिय युवा ध्रुव जिसीले बताउनुभयो ।