आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले …
काठमाडौं, असोज १५ । अस्ट्रेलियामा यस संस्करण हुने ट्वान्टी–२० विश्वकप विजेताले १।६ मिलियन अमेरिकी डलर पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबार गत वर्षकै पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने जनाएको हो। आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा यस संस्करणको ट्वान्टी-२० विश्वकप हुँदै छ। गत संस्करण संयुक्त अरब इमिरेट्स (युएई) र […]
एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीई) ले आगामी अक्टोबरमा आयोजना हुने ट्वान्टी-२० विश्वकप खेलाईने मैदान तय गरेको छ। बीसीसीईले ट्वान्टी-२० विश्वकप नौ वटा मैदानमा सञ्चालन गर्ने तय गरेको हो। बीसीसीईका अनुसार प्रतियोगिताको फाईनल अहमदावादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। प्रतियोगिता आयोजना हुने अन्य मैदानहरु चेन्नई, दिल्ली, धर्मशाला, हैदराबाद, बैङलोर, कलकत्ता, लखनउ र मुम्बईको रंगशाला छन्।