जीवन विकास लघुवित्तको नाफा ५८ करोड २२ लाख

२८ साउन, विराटनगर । मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्म ५८ करोड २२ लाख मुनाफा …

सम्बन्धित सामग्री

नेपाल दूरसञ्चार कम्पनीसहित ५ ओटा कम्पनीको सर्वाधिक शेयर खरीदविक्री

फागुन १०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ आोटा धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यी ५ ओटा कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनीको रू. २१ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीले हालसम्ममा गत वर्षको लाभांश घोषणा गरेको छैन । सोही लाभांश घोषणाको अपेक्षाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. १२ करोड ७८ लाख, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रू. ११ करोड २२ लाख, हिमालयन डिष्टिलरीको रू. १० करोड ४१ लाख र आइसीएफसी फाइनान्सको रू. १० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको र जीवन विकास लघुवित्तले आकर्षण लाभांश प्रस्ताव गरेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।