नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेकाले उनलाई कारवाही गर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको छ ।
पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वको ३ सदस्यीय छानबिन समितिले सीईओ रेग्मीको खराब आचरण रहेकोदेखि पर्यटन बोर्डलाई नोक्सानी पुर्याउने र पदीय मर्यादाविपरीत सुन तस्करीमा संलग्न भएकोसम्मको निष्कर्ष निकालेको छ ।
रिजालको संयोजकत्वमा पर्यटन बोर्ड सञ्चालक समितिले २ पुसमा गठन गरेको उक्त समितिले सोमवार पर्यटन सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेलाई प्र...