चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति बनाइयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो पटकको कोरोना महामारीको समयमा गरिएको चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ ।  खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाइ उद्धार गर्न चार्टर फ्लाइट गरिएको थियो । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन्