चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा जानुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ राजधानी रियाद पुग्नुभएको छ ।
यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताउनुभएको छ ।
राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ। कच्चा तेलको प्रमुख निर्यातकर्ता साउदी अरब र चीन कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण देख...