संयुक्त अरब अमिरातको दुबईमा उखरमाउलो गर्मी भएपछि सरकारले वैज्ञानिकहरूको सहायता लिएर पानी पार्न थालेको छ ।
आकाशमा ड्रोन उडाएर त्यसको विद्युतीय चार्ज उपयोग गरी बादलबाट पानी पार्न थालिएको हो । वैज्ञानिकहरूले यसरी कृत्रिम तरिकाले पानी पारेको भिडियो फूटेज केही साताअघि सार्वजनिक भएको थियो ।
यसरी बादललाई पानी पार्न लगाउने उपायले संसारका अन्य भेगमा सुक्खाको अवस्था आएमा समाधान गर्न सकिने भएको छ । यसले वातावरणलाई नकारात्मक असर पार्दैन ।
यूएईमा वर्षको चार इन्च मात्र पानी पर्छ । सरकारले यसरी ड्रोनमार्फ...