देशकै ठुलो तथा पुरनो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितता छानविन गर्न बनेको समिति नै अलमलमा परेको छ । अनियमितताबारे छानविन गर्न वीर अस्पताल कर्मचारी युनियनले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव तथा मन्त्रालयमा छानविन गर्न भन्दै २ फागुनमा उजुरी दिएका थिए ।